मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजश्व अनुसन्धान विभागद्वारा एकैसाथ पाँच ठुला अनुसन्धान सुरु

ratopati.com · Mon Mar 25 00:18:00 UTC 2024

काठमाडौँ । गत शुक्रबार मात्रै राजश्व अनुसन्धान विभागले करिब ३० अर्ब राजश्व हिनामिना भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण, आयटा, अध्यागमन विभाग र विभिन्न एयरलाइन्स कम्पनीहरूलाई आफ्नो विवरण पठाउन पत्र पठायो । एनक्यु ट्याक्स र नो शो भएका टिकटबाट उठाइएका करसमेत भुक्तानी नभएको र ग्राहकले समेत फिर्ता नपाएको भन्दै त्यस्तो विवरण पठाउन विभिन्न निकायहरूलाई पत्राचार गरेको थियो ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार एनक्यु ट्याक्स र नो शो भए पनि विभिन्न एयरलाइन्स कम्पनीहरूले उठाएको, ग्राउण्ड ह्याडलिङ चार्ज र एयरपोर्ट चार्जको सबै रकम राजश्व खातामा जम्मा नगरी केही रकम मात्रै जम्मा गरिएको सूचना आएको छ । विदेशी पर्यटकहरूका लागि मात्रै लागू हुने एनक्यु अर्थात् पर्यटन सेवा शुल्क नेपालीबाट समेत उठाइएको तर उक्त कर राजश्वमा नबुझाई एयरलाइन्स कम्पनीहरूले नै लैजाने गरेको प्रारम्भिक रिपोर्ट पाइएको छ । सोही रिपोर्टका आधारमा राजश्व अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)