मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती र गण्डका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा, दिउँसो चार प्रदेशमा पानी पर्ने

lokaantar.com

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। यसका साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा पनि पानी पर्ने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)