मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इलाम - २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय !

Ujyaaloonline.com · Mon Mar 25 00:25:04 UTC 2024

काठमाण्डौ – इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा हुने उपचुनावमा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सुहाङ दिवङ्गत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुनुहुन्छ ।

एमालेका तत्कालीन उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते निधन भएपछि इलाम–२ को सांसद पद रिक्त थियो । एमालेले उम्मेदवार बनाएका सुहाङ पेशाले अधिवक्ता हुनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)