बिमस्टेकबाट नेपालले लिन सक्ने फाइदा
ekantipur.com · Mon Mar 25 00:31:21 UTC 2024

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को बडापत्र गतसाता प्रतिनिधिसभामा प्रस्तुत भएपछि चलेको छलफलमा सांसदहरूले आआफ्नो तर्क पेस गरेका छन् । केहीले सार्क निष्क्रिय भएको विषयमा चासो देखाएका छन् भने अरूले बिमस्टेक नेपालका निम्ति उपयोगी हुन सक्ने तर्क गरेका छन् ।
भारत र पाकिस्तानबीचको तनावका कारण भारतकै अग्रसरतामा बिमस्टेक स्थापना गरिएको भन्नेहरू पनि छन् । नयाँ संगठनभित्र बंगलादेश, भारत, भुटान, थाइल्यान्ड, म्यानमार, श्रीलंका र नेपाललाई समावेश गरी सार्कको सदस्य पाकिस्तानलाई हटाइएको छ । सन् १९९७ मा स्थापित बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बने पनि यसले गति लिन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)