मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मल नल्याउने ४ कम्पनी कालोसूचीमा सिफारिस

ekantipur.com · Sat Sep 03 01:19:06 GMT 2022

काठमाडौँ — ठेक्का सम्झौता गरेर पनि समयमै रासायनिक मल नल्याउने चार कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामग्री कम्पनीले सिफारिस गरेको छ । सिल्क (जेभी), देश ट्रेडर्स, जेनट्रेड र सिल्क मार्केटलाई कालोसूचीमा राख्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषिले सिफारिस गरेको हो । आर्थिक वर्ष २०७८/७९ का लागि यी चार कम्पनीले १ लाख ५ हजार टनको सम्झौता गरेका थिए । समयमै मल आयात नगरिदिँदा धान रोपाइँको मुखमा किसानले मल पाएका थिएनन् ।

‘समयमै मल नल्याएर किसानसँगै राष्ट्रलाई पनि धोका भयो, त्यसैले चारै कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेका छौं,’ कम्पनीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले भने । आर्थिक वर्ष २०७८/७९ का लागि १ लाख ९७ हजार ५ सय टनको ठेक्का सम्झौता भएको थियो, जसमध्ये सिल्क (जेभी) सँग पटकपटक गरेर ५० हजार टनको सम्झौता भएको थियो । पहिलो सम्झौता २०७८ मंसिर ८ मा प्रतिटन ९ सय ४८ डलरमा आयात गर्ने गरी भएको थियो । दोस्रो पटक कात्तिक ५ मा प्रतिटन ६ सय २१ डलरमा आयात गर्ने गरी २५ हजार टन मल आयातको सम्झौता भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)