१०,००० एमएएच ब्याट्रीसहितको नयाँ स्मार्टफोन एक्स-८० ल्याउँदै अनर, जुनमा सार्वजनिक हुने !
techpana.com · Sat May 30 00:26:03 GMT 2026

काठमाडौँ । चिनियाँ मोबाइल निर्माता कम्पनी अनरले १०००० एमएएच क्षमताको ब्याट्री भएको स्मार्टफोन बजारमा ल्याउने भएको छ । डिजिटल च्याट स्टेसन ले चीनमा आगामी जुनमा सार्वजनिक हुने भनिएको अनरको नयाँ एक्स-सिरिजको स्मार्टफोनबारे महत्त्वपूर्ण जानकारी बाहिर ल्याएको हो ।
यसअघिको अनर एक्स-७० मा ८,३०० एमएएच ब्याट्री र ८० वाटको चार्जिङ सुविधा थियो । एक्स-८० मा ९० वाटको फास्ट चार्जिङ रहने बताइएको छ । ९० वाटको चार्जिङले यो ठुलो ब्याट्रीलाई करिब ७५ देखि ८० मिनेटमा फुल चार्ज गर्न सक्छ । जसले गर्दा प्रयोगकर्ताहरूलाई लामो समयसम्म ब्याट्री टिकाउन र छिटो चार्ज गर्न सहज हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)