सप्तरीमा स्वाभिमान यात्रा सुरु
rajdhanidaily.com · Tue Jan 23 23:37:46 GMT 2024
राजविराज । पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता उमेश कुमार यादवले मंगलबारदेखि सप्तरी स्वाभिमान यात्रा सुरु गरेका छन् । यहाँस्थित गजेन्द्र नारायण सिंह र साकेतचन्द्र मिश्रको शालिकमा माल्यार्पण गरी उनले यात्राको सुरुवात गरेका छन् ।
सप्तरीको समग्र विकासमा देखिएका समस्याहरुको पहिचान गर्दै समाधानका लागि सबै पक्षलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ पुर्वमन्त्री यादवले सो अभियानको सुरुवात गरेको बताएका छन् । अभियानको सुरुवात गर्दै उनले दलिय भावनाबाट माथि उठेर सप्तरीको समग्र विकासका लागि अभियान भएकाले यसमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)