ऋण तिर्नु पर्दैन भन्दै बैंक तथा वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नेमाथि कारबाही हुने
Ujyaaloonline.com · Sat Mar 04 00:59:29 GMT 2023
काठमाण्डाै - बैंक, लघुवित्त, सहकारी लगायत संस्थाविरुद्ध गतिविधि गर्नेमाथि प्रहरीले कारबाही गर्ने भएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र लघुवित्तविरुद्ध आन्दोलन भइरहेको र केही दिनअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना सार्वजनिक भएपछि प्रहरीले कडाइ गरेको हो ।
आफूले लिएको कर्जा तिर्नुको सट्टा उल्टै वित्तीय संस्था तथा सञ्चालकमाथि भौतिक आक्रमण गर्नेसम्मका धम्की आउन थालेपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)