आईपीएल २०२६ : गिलको शतकले गुजरात फाइनलमा, उपाधिका लागि आरसीबीसँग भिड्ने
himalpress.com · Sat May 30 00:44:18 GMT 2026

काठमाडौँ- कप्तान शुभमन गिलको सानदार शतकले गुजरात टाइटन्स आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात उपाधि नजिक पुगेको हो ।
राजस्थानले दिएको २१५ रनको लक्ष्य गुजरातले ८ बल बाँकी छँदा ३ विकेटको क्षतिमा भेटायो । गिलले ५३ बलमा १०४ रनको शानदार इनिङ खेले । साइ सुदर्शनले ३२ बलमा ५८ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १६७ रनको साझेदारी गरेका थिए । राजस्थानका लागि ब्रिजेश शर्मा, जोफ्रा आर्चर र नान्द्रे बर्गरले एकएक विकेट लिए । ब्रिजेशको बलमा साइ सुदर्शन हिट विकेट आउट भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)