मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोपा अमेरिका फुटबल : अर्जेन्टिना क्वार्टरफाइनलमा

annapurnapost.com · Wed Jun 23 06:16:00 GMT 2021

रियो दी जेनेरियो : अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार बिहान भएको खेलमा पराग्वेलाई १–० गोलले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम आठको यात्रा तय गरेको हो ।

ब्रासिलियामा मंगलबार बिहान भएको खेलको पहिलो हाफमा एलेसान्द्रो गोमेजले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बनेको थियो। खेलको १०औं मिनेटमा एलेसान्द्रो गोमेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। एन्जल डी मारियाले उपलब्ध गराएको पासमा गोमेजले सुन्दर गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)