काठमाडौं उपत्यकाबाट बाहिरिन चाहने उद्योगलाई बम्पर सुबिधा !
onlinekhabar.com · Thu Jun 03 00:11:49 GMT 2021
१९ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत काठमाडौं उपत्यकाबाट बाहिरिन चाहने उद्योगकालागि बम्पर छुट तथा सुविधाको घोषणा गरेको छ ।
बजेटले काठमाडौंका उद्योगलाई मकवानपुरको मयुरधापमा निर्माणधीन औद्योगिक क्षेत्रमा सार्न प्रोत्साहनको कार्यक्रम उल्लेख गरेपनि काठमाडौं उपत्यका छाडेर जुनसुकै ठाउँमा जान चाहने उद्योगले यस्तो सुविधा पाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । आफूलाई पायक पर्ने स्थानमा काठमाडौंबाट बाहिरिन चाहने उद्योगले आजैबाट प्रक्रिया सुरु गर्न सक्ने उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)