मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिक सहमतिको चक्रव्यूहमा आर्थिक क्षेत्र

abhiyandaily.com

लामो द्वन्द्व र त्यसपछिको अस्थिरताको प्रभावले मुलुकका उद्योग व्यवसाय धराशयी बन्दै गएका छन् । विद्युत् विकासमा हुँदै आएको व्यवधानले उद्योगधन्धालाई पुरै विस्थापित बनाउने खतरा बढिरहेको छ । असुरक्षा र अव्यवस्थाले मुलुकको पुँजी पलायनमा द्रुतता आएको छ । राजनीतिमा देखिएको निरन्तर असहमति र द्वन्द्वले कृषि, ऊर्जा, वित्त, प्र्राकृतिक स्रोत, शिक्षा, यातायात र उद्योग सबै नराम्रोसँग प्रभावित भएका छन् । राजनीतिक दलका नेताहरू भाषणमा यसप्रति सकारात्मक कुरा गर्छन् । तर, व्यवहारमा ठ्याक्कै उल्टो । शान्ति प्रक्रियामा राष्ट्रिय सहमति पहिलो प्राथमिकताको विषय हो । तर, यो विशुद्ध राजनीतिक मुद्दामा रहेका असहमतिलाई विकास र उन्नतिको विषयसम्म विस्तार गरिनुले मुलुकको आर्थिक भविष्य दुरुह बनेको छ ।

तथापि यस्तो स्थितिमा पनि मुलुकको निजी क्षेत्रले निराश बनिनसकेको बताइरहेको छ । ‘अझै पनि बिग्रिसकेको छैन, मुलुकमा कोही आशावादी छ नभने त्यो उद्योग व्यवसाय क्षेत्र नै हो ।’ नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष कुशकुमार जोशीले पटकपटक दोहो¥याउने यो वाक्यले राजनीतिक दल र तिनका नेतालाई ब्यूँझाउन खोजेको प्रतीत हुन्छ । तर, नेताहरूको प्रकृति भने कुकुुरको पुच्छर १२ वर्ष ढुंग्रामा हाले पनि बांगाको बाँगै भन्ने उखानलाई चरितार्थ गर्न उद्यत देखिन्छ । संविधानले गरेको समयसीमालाई राजनीतिक सहमतिले थप एक वर्ष बढायो । थप एक वर्षमा संविधान लेखिने निश्चित नभए तापनि यसले संविधानसभाका सभासद्हरूलाई भने आर्थिक रूपले मोज नै भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)