मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गाउँमै पुगेर पाठेघरको मुखको क्यान्सर परीक्षण

gorkhapatraonline.com · Sat May 30 01:41:07 GMT 2026

तनहुँको विकट ग्रामीण क्षेत्रका महिलाका लागि घरदैलोमै पुगेर पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको छ । प्रदेश अस्पताल दमौलीको आयोजनामा व्यास नगरपालिका–१४ केशवटारमा परीक्षण गरिएको हो ।

सदरमुकामभन्दा टाढा रहेका गाउँका महिलालाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा ४६ जना महिलाको पाठेघरको मुखको विशेष परीक्षण गरिएको छ । परीक्षणका क्रममा दुई जना महिलामा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक लक्षण (पोजेटिभ) देखिएको र उनीहरूलाई थप उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याईएको आयोजकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)