माछापुच्छ्रे गाउँपालिकाद्वारा उत्कृष्ट छात्रा सम्मानित
makalukhabar.com · Sat May 30 01:43:48 GMT 2026

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा सामुदायिक विद्यालयतर्फबाट पहिलो पटक चार जिपिए ल्याउने छात्रालाई नगदसहित सम्मान गरेको छ ।
गाउँपालिकाले शुक्रबार आयोजित कार्यक्रममा सार्दिखोलास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयकी छात्रा शोभा गौतमलाई रु ५० हजार नगद र सम्मानपत्र प्रदान गरेको हो । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये पहिलो पटक चार जिपिए ल्याउने विद्यार्थीका रूपमा गौतमले यो सफलता हासिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)