फेबरेट सेफ प्रतियोगितामा नेपालका अमृत उत्कृष्ट १० मा
ekantipur.com · Fri Jun 14 16:36:54 UTC 2024

काठमाडौँ — उत्कृष्ट व्यञ्जन तथा परिकारका सृजना प्रस्तुत गर्ने सम्बन्धी अमेरिकी प्रतिस्पर्धा ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा नेपालका अमृतबहादुर थापा उत्कृष्ट १० भित्र परेका छन् ।
तनहुँ मूलघर भई हाल बेलायतमा बस्दै आइरहेका थापा यो प्रतियोगितामा अब उत्कृष्ट ५ जना सेफका लागि प्रतिस्पर्धामा छन् । ‘झण्डै सय जनामध्येबाट १० उत्कृष्टमा छनौट भइसकेको छु अबको बाँकी निर्णय खानाका पारखीहरुको भोटमा निर्भर रहने छ,’ बिहीबार राजधानी काठमाडौंमा भेटिएका सेफ थापाले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)