गलकोट नगर अस्पतालका लागि झण्डै तीन करोड सहयोग सङ्कलन
gorkhapatraonline.com · Sat May 30 01:44:42 GMT 2026

गलकोट नगर अस्पतालको जग्गा व्यवस्थापन तथा उपकरण खरिदका लागि झण्डै तीन करोड रुपियाँ सहयोग सङ्कलन भएको छ।आर्थिक तथा जग्गा व्यवस्थापन समितिका कोषाध्यक्ष टंकबहादुर केसीका अनुसार अभियानमार्फत दुई करोड ७९ लाख ६२ हजार ८९० रुपियाँ सङ्कलन गरिएको हो।
सङ्कलित रकममध्ये दुई करोड रुपियाँ जग्गा खरिदमा खर्च गरिएको छ भने १९ लाख १० हजार रुपियाँ बराबरको एक्स–रे मेसिन खरिद गरिएको छ। हालसम्म दुई करोड २१ लाख ७५ हजार ५ सय ७० रुपियाँ खर्च भइसकेको र ७२ लाख ८७ हजार ३ सय २० रुपियाँ बैंक मौज्दात रहेको कोषाध्यक्ष केसीले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)