सम्पत्ति छानविन आयोगमा अपेक्षाभन्दा कम संख्यामा मात्र विवरण बुझाइए
barnanmedia.com · Mon Jun 22 21:15:00 GMT 2026

सम्पत्ति छानविन आयोगमा अपेक्षाभन्दा कम संख्यामा मात्र विवरण बुझाइएको छ।
सर्वोच्चका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी नेतृत्वको आयोगले २५ हजारभन्दा बढी बहालवाला, अवकाशप्राप्त कर्मचारी र राजनीतिक पदाधिकारीलाई विवरण पेश गर्न आग्रह गरे पनि हालसम्म १० हजारले मात्र सम्पत्ति विवरण बुझाएका छन्।
म्याद थप: विवरण नबुझाउनेको संख्या बढेपछि आयोगले म्याद १ महिना थप गरेको छ।
आयोगको काम: २०६२/६३ यता सार्वजनिक पद धारण गरेकाको सम्पत्ति संकलन, प्रमाणिकरण र छानविन गर्ने।
बुझाउने तरिका: आयोगमै गएर, हुलाक वा अनलाइनमार्फत विवरण बुझाउन सकिने।
बैशाख २ गते सरकारले गठन गरेको यो आयोगमा पूर्वन्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्वडीआईजी गणेश कार्की र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)