बर्दियामा मोबाइल चोरी गरेको आरोपमा २ जना पक्राउ
ratopati.com
बर्दियामा मोबाइल चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्लाको गेरुवा गाउँपालिका ५ बाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही गाउँपालिका ४ बस्ने सागर कटुवाल र काभ्रेपलाञ्चोक स्थायी घर भई पछिल्लो समय गेरुवा गाउँपालिका ५ बस्ने पारस तामाङ रहेका छन् ।
उनीहरु दुबै जनालाई कट्वालको घरबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । उनीहरुको साथबाट ४ थान मोबाइल सेटहरु समेत बरामद गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)