एम्बाप्पेको गोलमा फ्रान्सलाई अग्रता
onlinekhabar.com · Mon Jun 22 21:19:29 GMT 2026

९ असार, काठमाडौं । कप्तान किलियन एम्बाप्पेको गोलमा फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत इराकविरुद्ध अग्रता लिएको छ ।
फिलाडेल्फिया स्टेडियममा जारी खेलको १४औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् ।
उनले डिबक्सभन्दा केही बाहिरबाट गरेको प्रहार इराकका गोलकिपरले रोक्न असफल भए ।
पहिलो खेलमा फ्रान्सले सेनेगनलाई ३–१ ले हराउँदा इरान नर्वेसँग ४–१ ले पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)