फिफा विश्वकप २०२६: मेस्सीको किर्तिमानी गोलसँगै अर्जेन्टिना नकआउटमा
annapurnapost.com · Mon Jun 22 21:24:07 GMT 2026

काठमाडौं: फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को खेलमा अस्ट्रियालाई २–० ले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ।
डालास स्टेडियममा भएको खेलको पहिलो हाफमा लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले १–० को अग्रता बनाएको थियो। खेलको इन्जुरी समयमा मेस्सीले दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे। अर्जेन्टिनाको जितमा मेस्सीको किर्तिमानी गोल नै निर्णायक बन्यो।
खेलको नवौं मिनेटमा पेनाल्टी मिस गरेका थिए। तर खेलको ३८ औं मिनेटमा उनले ऐतिहासिक गोल गरे। मेस्सीले यो खेलमा विश्वकपको १७ औं गोल गरे। खेलको ३८ औं मिनेटमा अस्ट्रियाविरुद्ध गोल गरेसँगै मेस्सीले जमर्नीका मिरोस्लाभ क्लोजको १६ गोलको रेकर्ड तोडेका हुन्।
खेलको ५५ औं मिनेटमा पेनाल्टी एरिया बाहिर अस्ट्रियाले फ्रि किकको मौका पाएको थियो। अस्ट्रियाको लागि फ्रि किकमा मार्सेलले टस अन तार्गेट नै प्रहार गर्दा अर्जेन्टिनी गोलकिपर मार्टिनेजले पन्च गर्दै सेभ गरे।
खेलको निर्धारित ९० मिनेटमा थप गरिएको इन्जुरी समयको पाँचौं मिनेटमा मेस्सीले दोस्रो गोल गरे। उनले गरेको पहिलो प्रहार ब्लक भयो। दोस्रो पटक २ अस्ट्रियन खेलाडीको बिचबाट उनले गोल गरिदिए। यो विश्वकपमा उनको समग्रमा १८ औं र जारी विश्वकपमा पाँचाैं गाेल बन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)