आहार व्यवस्थापनले गिद्धको संख्या बढ्दै
deshsanchar.com · Sun Feb 16 17:45:43 GMT 2025

रामपुर (पाल्पा) – गिद्धलाई विश्वमै दुर्लभ पक्षीका रुपमा चिनिन्छ। पहिले यत्रतत्र छरपष्ट देखिने गिद्ध पछिल्लो समय कमै देखिन्छन्। बासस्थानको समस्या, आहारको अभाव, जलवायु परिवर्तन र औषधिको प्रयोगले गिद्धको सङ्ख्या पातलिँदै गएको बेला यहाँ भने ह्वात्तै बढेको छ।
दुर्लभ पक्षीका रुपमा लिइने गिद्ध लोप हुन नदिन खरैनी सामुदायिक वन समूहले संरक्षण अभियान थालनी गरेपछि गिद्धको सङ्ख्या बाक्लिँदै गएको छ। पाल्पा रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी नदीको तटमा रहेको यस वन क्षेत्रलाई गिद्ध संरक्षण क्षेत्र बनाइएको छ। आहार अभावमा ६० को हाराहारीमा गिद्ध रहेको यस वन क्षेत्रमा हाल ३०० बढी गिद्ध छन्। आहार व्यवस्थापन, सुरक्षित बासस्थानको व्यवस्था गरिएपछि गिद्धको सङ्ख्या बढ्दै गएको वन समूहका अध्यक्ष छायाचन्द्र पंगेनीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)