बीउ भिजाउँदै सुरु भयो मार्सी खेतीको क्यालेन्डर
ekantipur.com · Mon Mar 25 17:03:46 UTC 2024

जुम्ला — जुम्लाका किसानले सोमबार बारुअ पर्व मनाएका छन् । बर्सेनि चैत १२ कै दिन मार्सी धानका लागि बीउ भिजाएर यो पर्व मनाइने गरिन्छ । यस दिन महिलाहरूले मांगल गाउँदै चन्दननाथ, भैरवनाथ, मस्टो, कालिका, मालिका र आफ्ना कुलदेवता सम्झेर मार्सी धानको बीउ राख्ने परम्परा छ ।
जुम्लाका किसानले बोरामा राखेर भिजाएको बीउ चार दिनपछि निकालेर चैत २० मा ब्याडमा छर्ने गर्छन् । ४० दिनमा बेर्ना रोप्नका लागि तयार हुन्छ । असार मध्यदेखि गोडमेल गरेको मार्सी धान सामान्यतया रोपेको सात महिनाभित्र पाक्छ । असोज अन्तिमदेखि कात्तिक पहिलो सातासम्म किसानले मार्सी भित्र्याउने गर्छन् । सोमबारदेखि जुम्ली किसानको सातमहिने मार्सी क्यालेन्डर सुरु भएको हो । जुम्ला धान खेती हुने विश्वकै अग्लो स्थानका रूपमा चिनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)