मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश

rajdhanidaily.com · Sun Feb 16 22:55:36 GMT 2025

काठमाडौं । भूमिसम्बन्धी अध्यादेश ल्याएर संवैधानिक इजलासले गरेको फैसला कार्यान्वयनमा अवरोध सिर्जना गरेको भन्दै परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई विपक्षी बनाएर दायर निवेदनमा सर्वोच्चका न्यायाधीश सारंगा सुवेदी र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । सर्वोच्चको सो आदेशसँगै अब विपक्षी बनाइएका प्रधानमन्त्री र मन्त्रीले लिखित रूपमा स्वयं उपस्थित भएर वा महान्यायाधिवक्ता कार्यालयमार्फत जवाफ पेस गर्नुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)