दुई दिनको नवजात शिशु बोकेर परीक्षामा सहभागी
rajdhanidaily.com · Mon Mar 25 23:27:32 UTC 2024
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा दुई दिनको सुत्केरी छात्राले कक्षा ९ को परीक्षा दिइरहेकी छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेको भँडारेघाटस्थित पञ्चकौशिका माविमा कक्षा ९ मा अध्ययनरत छात्रा ललिता राई सुत्केरी अवस्थामा परीक्षामा सामेल भएकी हुन् ।
गाउँपालिकामा ४ चैतबाट पालिकास्तरीय परीक्षा सुरु भएको हो । २ चैतमा सुत्केरी भएकी छात्राले नियमित परीक्षा दिइरहेको प्रधानाध्यापक पवन बस्नेतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)