मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेसुङ्गाका ३५७ जनालाई निस्सा वितरण

rajdhanidaily.com · Mon Mar 25 23:31:03 UTC 2024

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले निस्सा वितरण गरेको छ । सोमबार नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी ३५७ जनालाई निस्सा वितरण गरिएको हो । जग्गा प्राप्तीका लागि नगरपालिकामा भूमिहिन दलित ४८, भूमिहिन सुकुम्बासी ४४ र अव्यवस्थित बसोबासी ३१३ गरी कुल ४०५ जनाले निवेदन दिएका थिए ।

जसमा भुमिहिन दलित २४, भूमिहिन सुकुम्बासी २० र अव्यवस्थित बसोबासी ३१३ गरी जम्मा ३५७ जना लाभग्राही कायम भएका थिए । जसमा वडा नम्बर १ का तीन, वडा नम्बर २ का ३०, वडा नम्बर ३ का ९६, वडा नम्बर ४ का ३६ जना लाभग्राही छन् । त्यसैगरी वडा नम्बर ५ का चार, वडा नम्बर ६ का २२, वडा नम्बर ७ का ४३, वडा नम्बर ८ का सात, वडा नम्बर ९ का आठजना रहेका छन् । वडा नम्बर १० का ५०, वडा नम्बर ११ का २८, वडा नम्बर १२ का २१, वडा नम्बर १३ का छ र वडा नम्बर १४ का एकजना लाभग्राही रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)