मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ

ratopati.com · Mon Jun 22 22:08:08 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र इराकबिचको खेलमा खराब मौसमका कारण उत्पन्न अवरोध अझै लम्बिने भएको छ । सञ्चारमाध्यमहरूलाई दिइएको पछिल्लो जानकारीअनुसार, पहिलो हाफको नियमित १५ मिनेटको विश्रामबाहेक थप १५ मिनेट खेल ढिलो गरी सुरु हुने भएको छ।

नियमित विश्रामको समय सकिँदासम्म पनि मौसममा सुधार नआएपछि दोस्रो हाफ सुचारु गर्न थप १५ मिनेटको समय थपिएको हो । योसँगै खेल अब कम्तीमा ३० मिनेट ढिलो गरी सुरु हुनेछ । रङ्गशाला क्षेत्रमा चट्याङ पर्ने जोखिम अझै कायम रहेकाले सुरक्षाको दृष्टिकोणले यो निर्णय लिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय