मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोहली र कार्त्तिकको जोडी जमेपछि आरसीबीको पहिलो जीत, पञ्जाबले जितिसकेको खेल हार्यो

kalakarmi.com · Mon Mar 25 23:45:37 UTC 2024

बेंगलुरु– रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को सीजनमा आफ्नो पहिलो जीत हासिल गरेको छ । सोमवार बेंगलुरुको मैदानमा खेलिएको खेलमा आरसीबीले शिखर धवनको कप्तानी भएको पञ्जाब किङ्सलाई चार विकेटले पराजित गरेको हो ।

यो खेलमा विराट कोहलीले विष्फोटक शैलीमा अर्धशतकीय इनिङ खेले । खेलको उत्तराद्र्धमा नतिजा पञ्जाबतर्फ गैरहेको थियो, तब आरसीबीका दिनेश कार्त्तिकले १० बलमा अविजित २८ रन प्रहार गर्दै बाजी उल्टाइदिए र पञ्जाबको मुखबाट जीत खोस्न सफल भए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)