विकास पुगेका गाउँमा पनि छैनन् युवा
nepalsamaya.com · Tue Mar 26 00:16:00 UTC 2024

म्याग्दी- चिटिक्क परेका ढुंगेघर। फराकिलो आँगन। गाउँको बीचैमा सुविधा सम्पन्न मोटरबाटो। गाउँकै मुनि पायक परेको धानखेत। माध्यमिक तहसम्म अध्ययन गर्न गाउँमै विद्यालय। स्वास्थ्य चौकी र घरघरमा पुगेको छ इन्टरनेट। झट्ट हेर्दा लोभलाग्दो देखिने धौलागिरि गाउँपालिकाको मुना गाउँ यी पूर्वाधारले थप सम्पन्न छ।
डेढ दशकअघिसम्म सदरमुकाम बेनी बजार आवजावत गर्न गाउँदेखि दुई/तीन दिन पैदलयात्रा गर्नुपर्थ्यो। एक गाग्री पानी लिन डेढ घण्टा लाममा बस्नुपर्थ्यो।अहिले त्यस्तो छैन। विकासका पूर्वाधार गाउँमा पुगेका छन्। तर, गाउँमा युवा छैनन्। अध्ययन, व्यापार, रोजगारी र बसाइँसराइका कारण गाउँका अधिकांश घरमा ज्येष्ठ नागरिक र महिला मात्र छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)