मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुरु भएन बजेट लेखन

nayapatrikadaily.com · Tue Mar 26 00:23:00 UTC 2024

चैतको मध्य अवधिमा आइपुग्दासम्म पनि अर्थ मन्त्रालयले आगामी आवका लागि बजेट निर्माणको सुरुवात गर्न सकेको छैन । बजेट ल्याउन दुई महिना मात्रै बाँकी रहँदा अर्थ मन्त्रालयको बजेट व्यवस्थापन महाशाखाले बजेटको कार्यतालिकासमेत बनाएको छैन । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सचिव र सहसचिव फेरबदल गर्ने सूचनाले बजेट निर्माणमा सक्रिय बन्न नसकेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।

उनले भने, ‘पोहोर–परार यतिवेलासम्म बजेट निर्माणको कोर टिम बनिसकेको हुन्थ्यो । बजेट महाशाखाले त कार्यतालिका नै बनाएर काम सुरु गथ्र्याे ।’ कर्मचारीको सरुवा गर्ने विषयमा अर्थमन्त्रीले कुनै संकेत नदिएका कारण पनि अर्थ मन्त्रालयका कर्मचारी अन्योलमा रहेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)