बक्सिङकी सुष्मा र एथ्लेटिक्सका दीपक सर्वोत्कृष्ट खेलाडी
emountaintv.com · Tue Mar 26 00:27:03 UTC 2024
काठमाडौं,१३ चैत्र । बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी १८औं एनएनआइपिए स्पोर्ट्स अवार्डमा वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले सोमबार शंखमुलस्थित यल दरबारमा आयोजना गरेको अवार्डमा दीपक पुरुषमा र सुष्मा महिलामा सर्वोकृष्ट खेलाडी चुनिए । दीपक यसै वर्ष सम्पन्न एनएसजेएफ पल्सर स्पोटर््स अवार्डका विजेतासमेत हुन् । खेलाडी संघले आयोजना गरेको अवार्डमा पनि दीपक अवार्ड जित्न सफल भए । उनीसँगै एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिप विजेता सुस्मा सोमवार पनि सम्मानित भएका हुन् ।
दुवैले अवार्डसहित जनही एक लाख रुपैयाँसहित सम्मानपत्र प्राप्त गरे । प्रतिभाशाली खेलाडीको पुरस्कार महिलामा पौडीकी डुवाना लामा तथा पुरुषमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पाए । दुवै विजेताले जनही ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । खेलाडी संघले यस संस्करणमा पारा एथलिट सम्मानबाट भारोत्तोलनका दुर्गामान तामाङलाई सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अन्जन धमला र खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले दुर्गामानलाई १५ हजारसहित सम्मान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)