तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेश
corporatenepal.com · Sat May 30 02:42:28 GMT 2026
काठमाडौं । “तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता” को तेस्रो संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । प्रतियोगिताको फाइनल चरणमा ६ पुरुष र ६ महिला गरी १२ जना खेलाडी प्रवेश गरेका छन् । पुरुषतर्फ एक विदेशी आरोही पनि फाइनलमा पुगेका छन् ।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ (NNMGA) र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन Inc. को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको उद्देश्य नेपालमा साहसिक आरोहण खेलको प्रवर्द्धन गर्नुका साथै विश्वप्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्नु रहेको आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)