अखिल क्रान्तिकारीले असोज पहिलो हप्ता राष्ट्रिय सम्मेलन गर्ने
ratopati.com · Fri Jun 14 17:48:00 UTC 2024

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले असोज पहिलो हप्तामा २३ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । अखिल क्रान्तिकारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकले सो निर्णय गरेको हो ।
बैठकले सबै तहका संगठनको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित गर्ने निर्णय समेत गरेको छ । बैठकले पालिका र क्याम्पस समितिमा २८ वर्षे उमेर हद लागू गर्ने निर्णय समेत गरेको शुक्रबार सो संगठनका अध्यक्ष पञ्चा सिंहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)