सन् २०२६ ग्रेमी अवार्ड्समा वर्षको एल्बम ब्याड बनीलाई
barnanmedia.com · Mon Feb 02 21:35:00 GMT 2026

ब्याड बनीको समीक्षक–प्रशंसित एल्बम ‘डेबी टिरार मास फोटोस’ ले २०२६ ग्रेमी अवाड्र्समा वर्षको एल्बमको पुरस्कार जित्दै इतिहास बनाएको छ । स्पेनिश भाषाको एल्बमले शीर्ष पुरस्कार प्राप्त गरेको यो पहिलो पटक हो ।
स्वीकृति भाषणमा उहाँले पोर्टो रिकोको सानो आकारको टापुको मजाक गर्दै भन्नुभयो, “हामीले हासिल गर्न नसक्ने केही छैन । भगवानलाई धन्यवाद, एकेडेमीलाई धन्यवाद, मेरो करियरमा मलाई विश्वास गर्ने सबैलाई धन्यवाद । यस एल्बममा काम गर्ने सबैलाई धन्यवाद, आमा, तपाईंलाई माया गर्छु ।” त्यसपछि उहाँले अङ्ग्रेजीमा भन्नुभयो, “म यो पुरस्कार ती सबैलाई समर्पित गर्न चाहन्छु जसले आफ्नो सपनाहरू पछ्याउन आफ्नो मातृभूमि छोड्नुपरेको थियो ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)