लगातारको बिदाले ढोरपाटनमा पर्यटकको भीड : होटल र होमस्टे भरिभराउ, बास नपाएर सयौँ फर्किए
nagariknews.nagariknetwork.com · Sat May 30 02:50:08 GMT 2026

लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन्। एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन्। कतिपय पर्यटकहरू होटलमा कोठा नपाएर फर्कनुसमेत परेको छ।
बिहीबारदेखि बिदा भए पनि बुधबारबाटै ढोरपाटनका होटल भरिएका छन्। एकै दिन सयौँको सङ्ख्यामा पर्यटक आउँदा होटल व्यवस्थापनमा समस्या भएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए। ढोरपाटनमा २७ वटा होटल र १२ वटा घरबास (होमस्टे) छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)