वाग्मतीका दश जिल्लामा एक हजार ६५८ सवारी दुर्घटना, २८१ ले गुमाए ज्यान
baahrakhari.com · Sat May 30 03:07:28 GMT 2026

हेटौंडा । गत असारमा वाग्मती प्रदेशको चितवनमा बस र माइक्रो ठोक्किँदा गर्भवती महिलासहित सातजनाको मृत्यु भयो । सोही दुर्घटनामा १८ जना घाइते भए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–३ स्थित खहरे पुलमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सातजनाको मृत्यु भएको थियो ।
अन्दाजी ३५ वर्षीया मृतक महिला आफ्नो गर्भको सन्तानलाई संसार देखाउन अस्पताल हिँडेकी थिइन् । तर, उनी श्रीमान् र सासुसहित बाटोमै सधैँका लागि बिदा भइन् । उक्त भयानक दुर्घटनाको प्रारम्भिक कारण तीव्र गति र सम्भावित ब्रेक फेल भएको प्रहरीको अनुमान थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)