सुदूरपश्चिमका कुलपतिः साहित्य, शिक्षा र समाजसेवाका त्रिवेणी
nepalpress.com · Sat Jun 06 03:00:29 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कञ्चनपुरका साहित्यकार रामचन्द्र नेपाल नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका संरक्षक कमलबहादुर शाहले गत साता नेपाललाई कुलपतिमा नियुक्त गरेका हुन् ।
साहित्य, शिक्षा, अनुसन्धान, सामाजिक चेतना र सांस्कृतिक अभियानलाई एकसाथ अघि बढाउँदै आएका नेपाल सुदूरपश्चिमको बौद्धिक तथा साहित्यिक क्षेत्रमा सम्मानित, प्रेरणादायी र विशिष्ट व्यक्तित्वका रूपमा परिचित छन् । तिनै योगदानको मूल्याङ्कन गर्दै प्रदेश सरकारले उनलाई प्रतिष्ठानको नेतृत्व सुम्पिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)