मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुटाइबाट घाइते अस्पतालमा, श्रीमान् हिरासतमा

ekantipur.com · Sat May 28 01:33:59 GMT 2022

चितवन — श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा चितवन प्रहरीले खैरहनी नगरपालिका–१० कठारका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले ४० वर्षीय ती पुरुषलाई जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी गरेको छ ।

उपचारमा संलग्न चिकित्सक र उद्धार गरेका आफन्तका अनुसार श्रीमान्को कुटाइबाट ती महिलाको कम्मरको तल्लो भागमा नराम्ररी चोट लागेको छ भने यौनांग क्षतविक्षत छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले कुटपिट भएको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)