हिंसात्मक घटनाप्रति विदेशी दूतावासहरूको गम्भीर चिन्ता
nepalnews.com · Mon Sep 08 18:01:01 GMT 2025

काठमाडौं। अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया, बेलायत र अमेरिकाका नेपालस्थित दूतावासहरूले आज भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। यी घटनाहरूमा ज्यान गुमाएका र घाइते भएकाप्रति दूतावासहरूले संवेदना प्रकट गरेका छन्।
संयुक्त प्रेस विज्ञप्तिमार्फत दूतावासहरूले पीडित परिवार र प्रभावित व्यक्तिहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)