प्रधानमन्त्रीले भने- विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण नागरिकको ज्यान जाने परिस्थिति उत्पन्न भयो
annapurnapost.com · Mon Sep 08 17:58:59 GMT 2025

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण नागरिकको ज्यान जाने परिस्थिति उत्पन्न भएको बताएका छन्। सोमबार मध्य राति वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले जेनजी पुस्ताको मागप्रति सरकार नकारात्मक नरहेको उल्लेख गरेका छन्।
'जेन-जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई मर्माहत बनाएको छ। हाम्रा छोराछोरी पुस्ताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्नेमा हामी आश्वस्त रहेकामा प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भयो। जेन-जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक थिएन। हामी जेन-जी पुस्ताको मागलाई सुनिरहेका थियौं। तर प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पुर्याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो। प्रदर्शनका आयोजक स्वयंले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर आजको प्रदर्शन सफल भएको र ढिलो नगरी सबैलाई घर फर्कन आह्वान गरिसकेपछि घुसपैठियाहरुले तोडफोड र आगजनी गरे। यसबाट सरकारले राज्यको सम्पत्ति जोगाउन प्रयास गर्नु पर्ने स्थिति उत्पन्न भयो,' प्रधानमन्त्रीको वक्तव्यमा भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)