मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ओलीको वक्तव्यः सरकार र जेन–जी पुस्ताबीच सोच र बुझाइको अस्पष्टताका कारण अप्रिय घटना भयो

nepalnews.com · Mon Sep 08 18:13:42 GMT 2025

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि सोमबार साँझ वक्तव्य जारी गर्दै सरकार र जेन–जी पुस्ताबीच सोच र बुझाइको अस्पष्टताका कारण अप्रिय घटना भएको उल्लेख गरेका छन्।

ओलीले सरकार सामाजिक सञ्जालको प्रयोग रोक्ने पक्षमा नभएको स्पष्ट पार्दै, त्यसको सुरक्षित र व्यवस्थित प्रयोगका लागि वातावरण सुनिश्चित गरिने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार, ‘राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचिकरण गरी व्यवस्थित रुपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन–जी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)