एकहत्तर किलोमिटर मूल नहर निर्माण
gorkhapatraonline.com · Sat May 30 03:44:20 GMT 2026

बबई सिँचाइ आयोजनाको ७७ किलोमिटर मूल नहरमध्ये ७१ किलोमिटर निर्माण सम्पन्न भएको छ । निर्माण गर्न बाँकी रहेको छ किलोमिटर मूल नहर निर्माण तीव्र गतिमा भइरहेको छ । बर्दियाको ३६ हजार हेक्टरमा सिँचाइ गर्ने उद्देश्यसाथ यो नहर निर्माण भइरहेको छ । आयोजनाका अनुसार हालसम्म ३३७ किलोमिटर शाखा र प्रशाखा नहर पनि निर्माण भइसकेका छन् । पूर्वतर्फका मूल नहर शाखा र प्रशाखा नहरको निर्माण सकिएको छ भने पश्चिमतर्फका सात वटा शाखाको २२ किलोमिटर नहर निर्माणाधीन रहेको छ ।
बबई सिँचाइ आयोजनाका सूचना अधिकारी शेखरनाथ न्यौपानेका अनुसार पूर्वतर्फको नहर निर्माणको काम सकिएको छ । उहाँले भन्नुभयो, “अब बाँकी मुख्य काम भनेको पश्चिमतर्फको गुलरिया नगरपालिका क्षेत्रको रहेको छ । केही स्थानमा जग्गाको मुआब्जा दिन बाँकी छ । हालै बहुवर्षीय स्रोत सहमति आएको हुँदा बाँकी काम तीव्र रूपमा अगाडि बढाउँदै लगेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)