प्रधानमन्त्री ओलीले सोलुखुम्बुको बाढीबारे प्रमुख जिल्ला अधिकारी देवी पाण्डेसँग टेलिफोन कुराकानी(भिडियाे सहित)
barnanmedia.com · Fri Aug 16 21:54:01 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको बाढीबारे प्रमुख जिल्ला अधिकारी देवी पाण्डेसँग टेलिफोन कुराकानी गरेका छन् । प्रधानमन्त्री ओली शुक्रबार साँझ प्रमुख जिल्ला अधिकारी पाण्डेसँग बाढीबारे टेलिफोन संवाद गरेका हुन् ।
टेलिफोन संवादका क्रममा प्रधानमन्त्री ओलीले पाण्डेसँग पासाङ ल्हामु गाउँपालिका ५ को पहिरो र त्यहाँ भएको क्षतिको स्थितिबारे कुराकानी गरेका थिए । कुराकानीका क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले पासाङ ल्हामु गाउँपालिकाको शिरमा रहेको खानीखोलबाटा बाढी आएको र यसबारे जानकारी लिने क्रम जारी रहेको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)