चतुर्भुजदेखि शालिग्रामपथसम्म
gorkhapatraonline.com · Sat May 30 03:52:08 GMT 2026

सङ्घीय सरकारले गण्डकी प्रदेशका प्रमुख राजमार्ग स्तरोन्नतिदेखि मनाङ, मुस्ताङका पुराना गुम्बा सुधारसम्मका योजनाअघि सारेको छ । सङ्घीय संसद्का दुवै सदनमा शुक्रबार पेस भएको आगामी वर्षको बजेटमा गण्डकीमा धेरै पुराना योजनालाई निरन्तरता दिइएको छ भने केही नयाँ योजना थपिएका छन् ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्बको बजेट पेस गर्नुभएको हो । पृथ्वी राजमार्गको आँबुखैरेनीदेखि पोखराको भाग चाँडै स्तरोन्नति सक्ने र मुग्लिङदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने बजेटमा उल्लेख छ । सङ्घीय सरकारले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रियस्तरको बनाउने भएको छ । यो राजमार्गको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्ग आगामी वर्ष सक्ने लक्ष्य लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)