मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतको उत्तर प्रदेशबाट ठूलो संख्यामा नेपालीको उद्दार, नेपाल ल्याइँदै

nepalpress.com · Sat May 30 03:52:20 GMT 2026

रुपन्देही । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ठूलो संख्यामा नेपालीको उद्धार गरिएको छ । रुपन्देही प्रहरीका सूचना अधिकारी दिनेश कुँवरका अनुसार उनीहरूलाई नेपाल ल्याइँदै छ ।

भारतीय प्रहरीको सहयोगमा कुशीनगरमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोली भारत गएर उनीहरूको उद्धार गरेर ल्याइँदै गरेको र यसको पूर्ण विवरण त्यहाँ पुगेको टोली आएपछि मात्रै आउने कुँवरले जानकारी दिए । उद्दार गरिएकाको संख्या ठूलो भए पनि प्रहरीले यहाँ ल्याएपछि मात्रै प्रष्ट हुने जनाएको छ ।

विभिन्न प्रलोभन देखाएर उनीहरूलाई नेपालबाट भारत पुर्‍याएर बन्धक बनाइएको सूचनाका आधारमा उनीहरुको उद्दारका लागि प्रहरी पुगेको हो । उनीहरुलाई सुनौली नाका हुँदै ल्याइन लागिएको हो ।

Rupandehi. A large number of Nepalis have been rescued from Kushinagar in Uttar Pradesh, India. According to Dinesh Kunwar, Information Officer of Rupandehi Police, they are being brought to Nepal.

Kunwar informed that a team of Lumbini Provincial Police and Rupandehi Police have gone to India to rescue them in Kushinagar with the help of Indian police and that the full details will be revealed only after the team arrives there. Although the number of those rescued is large, the police said that it will be clear only after they are brought here.

Based on information that they were taken from Nepal to India and held hostage by various enticements, the police reached their rescue. They are being brought through the Sunauli border crossing.

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)