मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चैते धानको उत्पादन वृद्धि

gorkhapatraonline.com · Sat May 30 03:57:23 GMT 2026

पूर्वी नवलपरासीमा अहिले जताततै चैते (हिउँदे) धान पाकेर पहेँलै भएको छ । किसान धान काट्न व्यस्त देखिन्छन् । चैते धानका लागि अनुकूल मौसम भएका कारण धान निकै राम्रो भएकाले उत्पादन पनि बढ्न सक्ने कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ सञ्जय ढकालले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष जिल्लामा एक हजार २५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । जिल्लाको कावासोती नगरपालिकाको चिलाहा, रतौल, मगरकोट, पिठौली, अग्यौली, अमलटारीलगायतका क्षेत्रमा चैते धान खेती बढी गरिन्छ भने गैँडाकोट नगरपालिकाको भेडाबारी क्षेत्रमा चैते धान रोपाइँ बढी भएको ढकालले बताउनुभयो । त्यसबाहेक अमरापुरी, देवचुली, मध्यविन्दु, अरुणखोला, रजहर र पहाडी पालिका बुलिङटार र बौदीकालिकाका केही क्षेत्रमा पनि चैते धान लगाउने गरिएको छ । जिल्लाको तल्लो क्षेत्रमा सिमसार क्षेत्र भएका कारण चैते धान राम्रो हुने गरेको छ । सिँचाइको सुविधासमेत राम्रो हुँदा यहाँका किसानले यो वर्ष धान उत्पादनमा वृद्धि हुने भएपछि उत्साहित भएको गैँडाकोट नगरपालिका–१२ का कृषक धनीराम थारूले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)