मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

barnanmedia.com · Mon Jun 22 23:40:16 GMT 2026

कैलालीको टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण सहयोग गरेको छ । पालिकाले ५७ विपन्न क्षयरोगका बिरामीलाई खाद्यान्न वितरण गरेको हो ।

पोषणमा २५ किलो चामल, एक क्यारेट अण्डा, डेढ किलो चिनी, दुई किलो दाल, एक लिटर खानेतेल र डेढ किलो गेडागुडी वितरण गरेको छ । टीकापुर नगरपालिकामा विगत चार वर्षदेखि क्षयरोग मुक्त पालिका अभियान सञ्चालनमा छ । सो अभियानअन्तर्गत क्षयरोगीको निदान र उपचारमा प्राथमिकता दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)