झापामा पुरानो रिसइबीको निहुँमा दाउ प्रहार, एक जना गम्भीर घाइते
barnanmedia.com · Sat May 30 04:11:37 GMT 2026

झापाको कन्काई नगरपालिका–५, चप्रामारीमा पुरानो रिसइबीका कारण भएको आक्रमणमा एक युवा गम्भीर घाइते भएका छन्।
बाह्रदशी गाउँपालिका–७ निवासी ३० वर्षीय सूर्यलाल राजवंशीमाथि कन्काई नगरपालिका–५, तुलसीबारीका २५ वर्षीय दीपक विष्टले धारिलो हतियार दाउ प्रहार गरेको प्रहरीले जनाएको छ।
दाउ प्रहारबाट गम्भीर घाइते भएका राजवंशीलाई तत्काल कन्काई नगर अस्पताल, सुरुङ्गामा उपचारका लागि लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर आक्रमणमा प्रयोग गरिएको दाउसहित आरोपित विष्टलाई नियन्त्रणमा लिएको छ।
उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ।
घटनाको कारण पुरानो व्यक्तिगत रिसइबी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)