भारतबाट फर्किएर बाख्रापालन, वार्षिक ६ लाख आम्दानी
deshsanchar.com · Mon Feb 17 17:15:38 GMT 2025
पाटन (बैतडी) – बैतडीको सिगास गाउँपालिका–९ जालहाल्लाका ४१ वर्षीय दीपक चन्दका साथीहरु रोजगारीको खोजीमा भारततिर छन्। गाउँका अधिकांश युवा तेस्रो मुलुक छन्। दीपक भने गाउँमै बाख्रापालन व्यवसायमा छन्। उनलाई बाख्रापालन व्यवसायले घरायसीसहित छोराछोरीको पढाइ खर्च व्यवस्थापन गर्न कुनै समस्या छैन।
“मलाई पनि बाहिर जाने सोच नआएको भने होइन, तर गाउँमै केही गर्नुपर्छ भन्ने लागेर व्यावसायिक रुपमा बाख्रा पाल्न थाले”, उनले भने, “मेहनतअनुसारको आम्दानी पनि राम्रै भइरहेको छ।” विगत छ वर्षदेखि व्यावसायिक बाख्रापालन गरीरहेका दीपकको फार्ममा अहिले स्थानीय र बोयर क्रस जातका गरि ७० बढी बाख्रा छन्। तिमध्ये ४७ माउ, आठ खसी र बाँकी पाठापाठी छन्। उनीहरुका लागि व्यवस्थित खोर पनि निर्माण गरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)