डरलाई जितेको नयाँ अनुभव
shilapatra.com · Sat Jun 06 03:08:00 GMT 2026

जिन्दगीमा कतिपटक भोटेकोशी नदीको किनारैकिनार हिँडियो । कहिले सडक यात्राका क्रममा त कहिले विभिन्न गन्तव्यतर्फ जाँदा यसको उर्लंदो, गर्जंदो र रोमाञ्चक बहावलाई नजिकबाट नियाल्ने अवसर मिल्यो । नदीमा र्याफ्टिङ गरिरहेका साहासी पर्यटक देख्दा मनमा इच्छा जाग्थ्यो, ‘म पनि कहिले यस नदीमा जलयात्रा गर्न पाउँला ?’ तर, त्यो इच्छा लामो समयसम्म मनभित्रै सीमित रह्यो ।
गत हप्ता भने त्यो पुरानो चाहना पूरा भयो । पहिलोपटक भोटेकोशी नदीमा जलयात्रा गर्ने अवसर प्राप्त भयो । बिहानैदेखि मनमा उत्साह र डर दुवै मिसिएका थिए । नदी किनारमा पुग्दा भोटेकोशीको वेग झन् नजिकबाट महसुस गर्न पाइयो । सेता फिँजहरू उडाउँदै चट्टानहरूबीच गर्जंदै बगिरहेको नदीले एकातिर रोमाञ्चित बनायो भने अर्कोतिर चुनौतीको संकेत पनि गरिरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)