तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सम्पन्न
canadanepal.com · Sat May 30 04:25:01 GMT 2026
काठमाडौं - तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको तेस्रो संस्करण शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ (NNMGA) र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन Inc. (US Nepal climbers Association) को संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुष तथा महिला दुवै विधामा प्रतिस्पर्धा गरिएको थियो।
पुरुषतर्फ रोनक उप्रेती (Ronak Upreti) प्रथम, मिर्को लेरोस (Mirko leros) (विदेशी) द्वितीय तथा तेन्जिङ बर्टिन राई (Tenzing Bertin Rai) तृतीय भएका छन्। यस्तै महिलातर्फ स्वस्तिका चौधरी (Swastika chaudhar) प्रथम, याङ्किला शेर्पा (Yanckeela Sherpa) द्वितीय तथा पञ्चमाया तामाङ (Panchamaya Tamang) तृतीय भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)